काठमाण्डौं कार्तिक २२ । नेपालमा हिजोको भन्दा कोरोना संक्रमितको संख्यामा आज केही कमी आएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २७ सय ५३ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसै गरी सोही अवधिमा २२ सय ६ जना डिस्चार्ज भएका छन्। योसँगै कुला डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ। डिस्चार्ज भने हिजोको तुलनामा आज कम भएका छन् । हिजो ४५ सय जना डिस्चार्ज भएका थिए ।
यस्तै कोरोनाले आज १७ जनाको मृत्यु भएको छ । यो सगैँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ।
हाल सम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline