पाँच जना सचिवालय सदस्यले दिएको पत्र बुझे पनि बैठक बोलाउन सहमत भएनन् ओली, अब के गर्छन् प्रचण्डहरु

पाँच जना सचिवालय सदस्यले दिएको पत्र बुझे पनि बैठक बोलाउन सहमत भएनन् ओली, अब के गर्छन् प्रचण्डहरु

  • शनिबार, कार्तिक २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

कार्तिक २२ काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच सचिवालय सदस्यले औपचारीक बैठक बोलाउन माग गर्दै लिखित पत्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएका छन् ।
प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारीक सचिवालयको निर्णइ अनुसार लिखित पत्र बुझाए पनि बैठक बोलाउने कुरामा ओली ठोस रुपले तयार नभएको स्रोतले जनाएको छ । ओलीले आफू बिरुद्ध गुटबन्दी भएको भन्दै बैठक तत्कालै राख्न असहमति जनाएको स्रोतको दाबी छ ।
पत्रमा औपचारीक बैठक बसी स्थायी समितिको बैठकले गरेका निर्णयहरु कार्यन्वयन गर्नु पर्ने माग गरिएको छ । पत्र बुझाए पछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको जानकारी दिए ।

पत्र बुझाउनुअघि सचिवालयका पाँच नेताले पार्टी मुख्यालय धुम्वाराहीमा छलफल गरेका थिए । हिजो पनि अनौपचारीक छलफल भएको थियो ।
अब यदी ओलीले बैठक नबोलाए औपचारीक रुपले सचिवालयको बैठक राख्ने या के गर्ने भन्ने विषयमा प्रचण्ड सहितका नेताले छलफल गरेर अघि बढ्ने एक नेताले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ