ओलीलाई बैठक राखेर समाधान खोज्ने प्रयासका लागि मनाउन प्रचण्ड सहित पाँच नेता बालुवाटारमा

ओलीलाई बैठक राखेर समाधान खोज्ने प्रयासका लागि मनाउन प्रचण्ड सहित पाँच नेता बालुवाटारमा

  • शनिबार, कार्तिक २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

कार्तिक २२ काठमाण्डौं । नेकपाको आन्तरीक विवाद बढीरहेका बेला बैठक बसेर समस्याको समाधान खोज्ने प्रयासका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गर्न प्रचण्ड सहित पाँच नेता वालुवाटार पुगेका छन् ।
हिजो धुम्बाराहीमा बसेको सचिवालयको अनौपचारीक बैठकको निर्णय अनुसार बालुवाटार जाने नेताहरुमा प्रचण्ड बाहेक माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् ।
आज पनि बालुवाटार जानु अघि हिजो छलफल गरेका पाँच नेताले आज पनि छलफल गरेर लिखित पत्र तयार पारेको स्रोतको दाबी छ ।
ओलीले आफ्नो सहमति विना औपचारीक बैठक बसे पार्टी विभाजन हुने चेतावनी दिए पनि अन्य नेता अनौपचारीक बैठक बसेका हुन् ।
हिजोको सचिवालयको अनौपचारीक बैठकमा ओली सहित उनी पक्षका उप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री राम बहादुर थापा सहभागी भएका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ