काठमाण्डौं कार्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओलीसगँ आज भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भेटवार्ता गरेका छन् । यस भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सदियौँ देखिको बिशिष्ट सम्बन्ध रहेको दोहोर्याए ।
साथै ओलीले नेपाल भारतबीच देखिएको समस्या संवादबाट समाधान हुने विस्वास व्यक्त गरेका छन् ।
भारतीय सेना अध्यक्षको औपचारीक भ्रमण भएकाले यस छलफललाई सामान्य रुपमा लिईएको छ । तर केही दिन अघि भारतीय प्रमुख जासुसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमण र त्यस क्रममा प्रधानमन्त्री ओलीले सरकारी निवासमा राति गरेको भेटको चौतर्फी विरोध भयो ।
यो विरोध कुटनीतिक मर्यादा र राष्ट्रिय सुरक्षासगँ जोडेर गरिएको थियो । यस विषयमा प्रधानमन्त्री ओलीका तर्फबाट कुनै प्रतिकृया सार्वजनक भएन । तर सन् २०१९ मा भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितिको नक्सा सार्वजनिक गरे पछि नेपालले बिरोध जनायो ।
त्यस पछि अझ लकडाउनकै बेला गत बैशाखमा लिपुलेकको नेपाली भूमिमा सडकै बनाएर उद्घाटन गरे पछि नेपाली जनताको चर्को बिरोध भयो । र सरकारले नेपालको तीनै क्षेत्र समेटेर नँया नक्सा जारी गर्यो ।
त्यस पछि भारत र नेपालबीच थप तनाव बढेको थियो । यही बीचमा प्रधानमन्त्री ओलीले भारत र आफ्नै पार्टीका केही नेताहरुले आफूलाई हटाउन खोजेको सार्वजनिक अभिव्यक्ति दिए पछि विवाद बढेको थियो ।
राम जन्मभूमि देखि सीमा र नक्सा सम्ममा भारत बिरुद्ध खरो उत्रिएको भनेर ओली सरकारले केही सान्त्वना पाए पनि अहिले रअ प्रमुख र नेपालले अरुको ईसारामा सीमाको कुरा उठाएको भनी अभिव्यक्ति दिने भारतीय सेना अध्यक्षलाई नै भ्रमणमा बोलाएर मानार्थ नेपाली सेना प्रमुखको उपाधी दिए पछि सरकारले भारतसगँ सम्बन्ध सुधार गर्न खोजेको अर्थमा एकाथरीले व्याख्या गरीरहेका छन् ।
तर नेपाली भूमि मिचिएको बिषयमा पर्याप्त कुटनीतिक दबाब दिनुको साटो भ्रमण र उपस्थितिलाई बाक्लो बनाएर संवादको प्रयास गरिएकाले नेपालको भूमि फिर्ताको मामलामा सकारात्मक परिणाम निस्कनेमा कतिपय बुद्धीजीवीहरु आशावादी देखिदैनन् ।
तर सरकारी अधिकारीहरुले भारतसगँ सवादको ढोका खुल्दै गएको बताईरहेका छन् ।
मुख्य विषय नेपालको भूमि फिर्ता गर्ने बिषयमा के सार्थक बार्ता होला ? गोयल मार्फत मोदीले पठाएको सन्देश के थियो ? र नेपालको जवाफ क गयो यो एकीन भईसकेको छैन ।
आन्तरीक सत्ता र पार्टी भित्रै पनि क्रमशः संकटमा पर्दै गईरहेका बेला ओलीको यो प्रयासले के परिणाम ल्याउने हो ? त्यो प्रतिक्षाको बिषय छ ।