धनगढीमा प्रहरी असई र जवानको हत्यामा संलग्नताको आशंकामा व्यापारी गुप्ता पक्राउ

धनगढीमा प्रहरी असई र जवानको हत्यामा संलग्नताको आशंकामा व्यापारी गुप्ता पक्राउ

  • बुधबार, कार्तिक १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

कार्तिक १९ कैलाली । धनगढीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डमा संलग्नताको आशंकामा धनगढीबाट व्यापारी राजीव गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजीव गुप्ताको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको हत्या भएको राति जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत कात्तिक १ गते राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरिएको थियो ।

दुवै जनाको शव हत्या गरेको अवस्थामा मोहना नदीमा फेला परेको थियो । प्रहरीको अनुसन्धानबाट केराउ तस्करी गर्ने समूहले दुवै प्रहरीको हत्या गरेको खुलेको थियो । हत्यामा संलग्न ८ जना हिरासतमा रहेका छन् भने एक जना अझै पक्राउ परेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ