नेपाल भ्रमणका लागि आज भारतीय सेना अध्यक्ष नरवाणे काठमाण्डौं आउदै

नेपाल भ्रमणका लागि आज भारतीय सेना अध्यक्ष नरवाणे काठमाण्डौं आउदै

  • बुधबार, कार्तिक १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, कात्तिक १९ । नेपाल भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज काठमाण्डौं आउदै छन् । नरवाणे बिहान साढे ११ बजे काठमाण्डौमा ओर्लने छन् । भारतीय सेना अध्यक्ष नरवाणेले नेपाली सेनाको मानार्थ सेनाअध्यक्षको सम्मान भोली ग्रहण गर्नेछन् । यो मानार्थ उपाधी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नेछिन् ।
नेपालमा रहँदा नरवाणेले प्रधानमन्त्री केपी शर्मा ओलीसगँ समेत भेटघाट गर्नेछन् । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका छन् । त्यसै गरी प्रधानसेनापति पूर्ण चन्द्रथापासगँ पनि नरवाणेको छलफल हुनेछ ।

नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने परम्परा सन् १९५० देखि शुरु भएको हो ।
लिपुलेक, कालापानी, लिम्पियाधुरा अतिक्रमण गरेको मामलामा नेपालले नयाँ नक्सा जारी एवं कुटनीतिक नोट पठाए पछि भारत रुष्ट बनेका बेला भारतीय सेना अध्यक्ष नरवाणेले नेपालले कसैको उक्साहटमा नेपालले सीमा विवाद उचालेको अभिव्यक्ति दिए पछि नेपालमा उनको बिरोध भएको थियो ।

नेपाल र भारतबीच सीमा विवाद समाधान गर्ने बिषयमा भारतले चासो नदिईरहेका बेला यो भ्रमणले संवादको ढोका खोल्ने अनुमान बुद्धीजीवीहरुले गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ