काँग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

काँग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

  • मङ्लबार, कार्तिक १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कार्तिक १८ सानेपा । नेपाली काँग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न शोक प्रस्ताव पारित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सांसद एवं प्रतिष्ठित उद्योगपति केसीको यही कात्तिक १७ गते राति पोखरा महानगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको होे ।

बैठकले कार्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।

बैठकमा स्व केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि एक मिनेट मौनधारण गरिएको थियो । बैठकले उहाँको आत्माको चीर शान्तिको कामनाका गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व केसीले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । पिता कीर्तिबहादुर र माता पदमकुमारीको ज्येष्ठ सुपुत्रको रुपमा २०१४ जेठ १० गते जन्मनु भएका केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत काँग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ