कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुग्यो

कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुग्यो

  • मङ्लबार, कार्तिक १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौं कार्तिक १८ । नेपालमा दिन दिनै बढीरहेका कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ ।

आज थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा जम्मा ११ हजार १६६ जनामा परीक्षण गर्दा ती संक्रमित देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यही दरमा संक्रमित बढ्दै गए केही दिन दिनमै २ लाख नाघ्न सक्ने अनुमान शुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४१ हजार १३४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ४७६ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना रहेका छन् ।
देशभर कोरोनाबाट एक हजार ४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ