चिनियाँ विदेश मन्त्रालयले भन्यो- नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन

चिनियाँ विदेश मन्त्रालयले भन्यो- नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन

  • मङ्लबार, कार्तिक १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

कार्तिक १८, काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालको कुनै पनि भूमि नमिचेको बताए । सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।

चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा प्रवक्ता वेनबिनले दिएको प्रतिक्रिया रोयटर्समा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ