भारतीय सेनाध्यक्ष नरवाडे भाेली नेपाल आउँदै , भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउनेछः कुमार

भारतीय सेनाध्यक्ष नरवाडे भाेली नेपाल आउँदै , भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध थप सुदृढ बनाउनेछः कुमार

  • मङ्लबार, कार्तिक १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.7K
    SHARES

कार्तिक १८, काठमाडौँ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवाणे बुधबार नेपाल आउँदैछन् । नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा नेपाल आउँन लागेका हुन् ।

भ्रमणकाे एक दिन अघि भारतले सेनाध्यक्ष नरवाडेकाे नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

उनकाे नेपाल भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता नविन कुमारले जनरल नरवणेको प्रमुखले दुई देशका सेनाबीचको लामो र परम्परागत मित्रवत सम्बन्धलाई थप सुदृढ बनाउने बताए ।

साथै उनले भ्रमणले दुई पक्षीय रक्षा साझेदारीका क्षेत्रका विषयमा छलफल गर्न अवसर प्रदान गर्ने र आपसी हितका लागि त्यसलाई थप सुदृढ बनाउन नयाँ अवसरहरुको ढोका खोल्ने विश्वास समेत व्यक्त गरेका छन् ।
नरवणेले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् । दुई देशबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परा रहँदै आएको छ । सोही परम्पराअनुसार प्रधानसेनापति थापाको औपचारिक निम्तोमा नरवणे नेपाल आउन लागेका हुन् ।

कालपानीलगायतका सीमा विवादका कारण विगत केही महिनादेखि काठमाडौं र नयाँदिल्लीबीच राजनीतिक तहमा हार्दिक सम्बन्ध कायम नरहेका बेला नरवणेको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

गत वैशाखमा भारतले एकतर्फी ढंगले चीनको मानसरोवर जोड्ने पिथौरागढ–लिपुलेक सडकखण्डको उद्घाटन गरेयता दुई देशबीचको तिक्ततापूर्ण रहँदै आएको छ । भारतले उक्त सडक आफ्नो भूमिमा निर्माण गरेको भन्दै नेपालले औपचारिक रुपमै विरोध जनाएको थियो ।

नेपालका तर्फबाट जनाइएको उक्त विरोधका पछाडि विदेशी शक्तिको हात रहेको अभिव्यक्ति दिएपछि नरवणेको चर्को आलोचना भएको थियो । त्यसपछि नरवणेले आफ्नो अघिल्लो अभिव्यक्तिलाई सच्चाउँदै नेपाल र भारतबीच घनिष्ट सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका थिए । तर, त्यसपछि पनि सीमा विवादलाई लिएर दुई देशबीच सम्बन्ध सुमधुर बन्न सकेको छैन ।

चार दिने भ्रमण परम्पराको निरन्तरता भएकाे भने पनि यसले दुई देशबीच राजनीतिक संवाद बढाउन सहज वातावरण निर्माणमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ । नेपाली सेनाले अघिल्लो साता सार्वजनिक गरेको नरवणेको भ्रमण तालिकाका अनुसार काठमाडौंमा रहँदा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ