काठमाडाैं, १६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरी विभाजनकाे संघारमा पुगेकेा भनेर चर्चा भइरहेकेा छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा भएकाे भेटपछि पार्टी एकता संकटमा परेकेा चर्चा भयाे ।
११ दिनको अन्तरालमा भएकाे दुइ अध्यक्षबीचकाे भेटवार्तामा प्रचण्डसँग प्रधानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भनेकाे नेकपा सचिवालयका एक नेताले मिर्मिरे अनलाइनलाई बताए ।
यसअघि पनि पार्टी फुटाउने याेजना स्वरूप नेकपा एमाले नामकाे पार्टी निर्वाचन आयाेगमा दता गर्न लगाएकाे आराेप लागेका प्रधानमन्त्री ओलीले शनिवारकाे भेटमा पनि पार्टी फुटाउने प्रस्ताव राखेको ती नेताले बताए । उनका अनुसार प्रचण्डलाई बालुवाटार भेटमा प्रधानमन्त्रीले अब आ–आफ्नो बाटो लागौं भन्नुभयाे ।
जवाफमा प्रचण्डले अहिले पार्टी फुटाउन गलत हुने बताएकाे स्राेतले जनायाे । ‘कहाँ यसरी सल्लाहले पार्टी फुटाउन मिल्छ ?’ भन्दै ओलीलाइ जवाफ दिएकाे स्राेतले जनाएकाे छ ।
साथै ओलीले प्रचण्डलाई पार्टीको निर्णय नमान्ने बताएकाे पनि जनाइएकाे छ । उहाँले तपाईहरु जे गर्ने हो, गर्नुस् । बैठक पनि बोलाउँदिनँ, बैठक राख्नुभयो भने सहभागी बन्दिनँ र त्यो बैठकले गरेको निर्णय पनि मान्दिनँ ।’भनेर भनेकेा स्राेत बताउछ ।
यसअघि प्रधानमन्त्री शनिबार पनि प्रचण्डसँग पार्टी फुटाउने प्रस्ताव राख्नुभएको र त्यसअघिको फोन सम्वादमा पनि यही भन्नुभएको एक नेताले बताए । पार्टी एकताकाे साढे २ बर्ष भयाे । याे बीचमा विवाद र सहमती हुँदै आएको नेकपाको विवाद पुनः एकपटक गम्भीर मोडमा पुगेको छ । यसअघिका विवादहरुभन्दा यो पटक अलि फरक दृश्य देखिएको छ ।
नेकपाका एक नेताले भने, पार्टी विभाजन हुने यस्तै कारणाले हाे । प्रधानमन्त्रीले पार्टी फुटाउन नै चाहेकाे देखिन्छ ।
भाेली पुन दुइ अध्यक्षबीच संवाद हुने बताइएकाे छ । ओली र प्रचण्डबीच सहमती नभए दाेस्राे तहका नेताहरूसहितकाे सहभागीतामा छलफल गर्ने तयारी रहेकेा एक नेताले बताए ।