सरकारी अस्पताललाई सरकारको निर्देशन,- ‘कोरोना संक्रमितको उपचारमा धरौटी नलिइ उपचार गर्नु’, सूचना निकाल्नेमाथि स्पष्टिकरण

सरकारी अस्पताललाई सरकारको निर्देशन,- ‘कोरोना संक्रमितको उपचारमा धरौटी नलिइ उपचार गर्नु’, सूचना निकाल्नेमाथि स्पष्टिकरण

  • आइतवार, कार्तिक १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडाैं, १६ कार्तिक ।

सरकारले कोरोना भाइरसबाट संक्रमितको उपचारको क्रममा धरौटी नलिइ उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार धरौटी रकम नलिइ उपचार गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना ब्रिफिङमा धरौटीसम्बन्धी सूचना निकालेका अस्पताललाई स्पष्टीकरण सोधिएको समेत जानकारी दिए।

सरकारी अस्पताल सबैलाई धरौटी नलिइ कोभिड १९ का बिरामीको उपचार गर्न निर्देशन दिइएको छ उनले भने, धरौटी दिएको अस्पताल सम्बन्धी सूचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्पष्टिकरण सोधिएको जानकारी गराउन चाहन्छु,ु ।

सक्नेसँग शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार गर्ने सरकारको निर्णय रहेकोमा अस्पतालले धरौटि सम्बन्धि सूचना निकालेृको बताए ।्
यस्तै डा।गौतमले होम आइसोलेसनमा बसेका संक्रमितको सरसल्लाह, रिफर, तथा अनुगमन गर्ने कार्य पालिकाहरुको भएकोले उक्त कार्य तदारुकताका साथ सम्पन्न गर्न सबै ७५३ पालिकालाई निर्देशन दिएको समेत जानकारी दिए।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएका व्यक्तिको एकिन संख्या पत्ता लगाउन तीन सदस्यीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(सचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महाशाखा प्रमुख र सीसीएमसीका एक चिकित्सकसहितको ३ जनाको समिति गठन गरिएको र उक्त समितिले काम गरिरहेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ