टेकु अस्पतालले पनि तोक्यो कोरोना संकमितको उपचार खर्च, भर्ना हुन ५० हजार धरौटी राख्नुपर्ने

टेकु अस्पतालले पनि तोक्यो कोरोना संकमितको उपचार खर्च, भर्ना हुन ५० हजार धरौटी राख्नुपर्ने

  • आइतवार, कार्तिक १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.8K
    SHARES

काठमाडौं, १६ कार्तिक। सरकारले कोरोना संकमितले उपचार खर्च आफैले ब्यहोर्नुपर्ने घोषणा गरेपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि कोरोना संक्रमितको उपचार खर्च र धरौटी रकम तोकेको छ । टेकु अस्पतालको रुपमा चिनिने यो अस्पतालले एक सूचना जारी गरी संक्रमित बिरामीको उपचारका लागि लाग्ने खर्चबारे जानकारी दिएको हो।
अस्पतालले दिएको जानकारी अनुसार जटिल अवस्थाको बिरामीका लागि भेन्टिलेटरसतिको आईसीयूमा दैनिक १५ हजार शुल्क लाग्नेछ । भर्ना हुनका लागि ५० हजार धरौटी रकम तोकिएको छ।

भेन्टिलेटरबिना आइसीयूमा राखेको र क्याबिन आइसोलेसनमा राखको दैनिक ७ हजार ५ सय खुल्क लाग्ने जानकारी दिइएको सुचनामा छ । यसका लागि बिरामीले भर्ना हुनुअघि ३० हजार धरौटी राख्नुपर्ने अस्पतालले जनाएको छ।

मध्यम जटिल अवस्थाका संक्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा राखेको दैनिक ३५ सयका दरले खुल्क लाग्ने टेकु अस्पतालको सूचनामा जानकारी दिइएको छ । यसमा भर्ना हुनका लागि २० हजार धरौटी तोकिएको छ।

विपन्न, जेष्ठनागरिक, अति अपांग, अशक्त, एकल महिला लगायतलाई १० प्रतिशतदेखि शतप्रतिशतसम्म निकुल्क उपचार गरिने अस्पतालले जानकारी दिएको छ । बिरामीको अवस्था, आवश्यकता र औचित्यका आधारमा शुल्क मिनाह गरिने सूचनामा भनिएको छ।

हेनुहाेस् अस्पतालकाे सूचना 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ