कर्णाली प्रदेशको मन्त्रीमण्डल हेरफेर हुँदै, ओली पक्षकालाई हटाएर नेपाल समूहबाट मन्त्री बनाउने तयारी

कर्णाली प्रदेशको मन्त्रीमण्डल हेरफेर हुँदै, ओली पक्षकालाई हटाएर नेपाल समूहबाट मन्त्री बनाउने तयारी

  • आइतवार, कार्तिक १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

काठमाडौं,१६ कार्तिक । कर्णाली प्रदेशको मन्त्रीमण्डल हेरफेरको तयारी थालिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर अर्का नेता माधव नेपाल समूहकालाई मन्त्री बनाउने गरि मन्त्रिमण्डल हेरफेरको तयारी थाल्नुभएको बताईएको छ । ।

प्रधानमन्त्री ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी भएको स्रोत बताउछ ।
खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । बैंकिङ कसुरको आरोपमा खड्कबहादुर खत्रीलाई हटाएपछि उक्त मन्त्रालय रिक्त थियो ।्

खत्री पनि ओली पक्षबाटै मन्त्री बन्नु भएको थियो । अब बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम चर्चामा रहेको छ ।

तर मुख्यमन्त्री शाहीले कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने बारेमा निर्णय भइनसकेको उहाँ निकट नेताहरुले बताएका छन् ।

यसैबीच मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले सामाजिक सञ्जालमार्फत अघोषित रुपमा पद त्यागेको घोषणा गर्नुभएको छ । ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउनुभएको थियो ।
उक्त प्रकरणले नेकपामा समेत तरंग उत्पन्न भएको थियो । पुष्पकमल दाहाल र माधव नेपाल पक्ष एक भएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ