काठमाडाैं उपत्यकामा १३ सय ५७ संक्रमित थपिए, २२६४ डिस्चार्ज

काठमाडाैं उपत्यकामा १३ सय ५७ संक्रमित थपिए, २२६४ डिस्चार्ज

  • शनिबार, कार्तिक १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडाैं, १५ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ५७ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । जसमा ७८८ पुरुष र ५६९ महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले काठमाडौं जिल्लामा मात्र १० हजार ५०१ जना होम आइसोलेसनमा छन् । ललितपुरमा २२ सय ५७ जना होम आइसोलेसनमा हुँदा भक्तपुरमा भने १७ सय १९ जनामात्र छन् ।

६१ हजार ८५५ संक्रमित भएको काठमाडौंमा मात्र १६ हजार ८९० सक्रिय संक्रिमत पुग्दा ४४ हजार ७४६ जना डिस्चार्ज भएका छन् । काठमाडौंमा मात्र २१९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पाँच हजार ६९९ संक्रमित रहेको भक्तपुरमा चार हजार ४८२ जना डिस्चार्ज भएका छन् भने ११ सय ५१ जना सक्रिय संक्रमित छन् । ६६ जनाको भने मृत्यु भइसकेको छ ।

आठ हजार ७९४ संक्रमित भएको ललितपुरमा ६ हजार ४३१ जना डिस्चार्ज भएका छन् । दुई हजार ३०३ सक्रिय संक्रमित छन् भने ६० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण भएको हो । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा देशभर २५ सय आठ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।

२४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ