प्रहरीले जाहेरी दर्ता गरेपछि मृत्क मुकेश चौरसियाको अन्त्येष्टि

प्रहरीले जाहेरी दर्ता गरेपछि मृत्क मुकेश चौरसियाको अन्त्येष्टि

  • शुक्रबार, कार्तिक १४, २०७७
  • दिपक चौरसिया

  • 13.3K
    SHARES

पर्सा, १४ कार्तिक । पर्सा जिल्लाको विन्दवासनी गाउपालिका वडा नम्बर ५ प्रसौनीभठामा नेकपा गाउकमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा मृत्यु भएका मुकेश चौरसियाको बिषयमा पर्सा प्रहरीले जाहेरी दर्ता गरेपछि आठ दिनपछि अन्त्येष्टि भएको छ । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि ८ दिनदेखी हुदै आएको आन्दोलन स्थगीत गरी आफ्न्तले नवौ दिन मृतक चौरसियाको अन्त्येष्टि गरेका हुन ।
कार्तिक ६ गते विन्दवासनी गाउपालिकामा भइरहेको नेकपा गाउकमिटीको सपथ ग्रहण कार्यक्रममा आफुहरुलाई नबोलाएको भन्दै अर्को पक्षले आक्रमण गरेको थियो । आक्रमणमा परी नेकपाका जिल्ला सदस्य मुकेश चौरसीया सहित ८ जना घाइते भएका थिए । घाइते भएका मुकेश चौरसियाको वीरगंज स्थित रहेको न्यूरो अस्पतालमा उपचार हुदै गरेको अवस्थामा मृत्यु भएको थियो । आक्रमण गर्ने र गराउने व्यक्तिको मुख्य योजनाकार सहित ७ जनालाई पर्सा प्रहरीले सोही दिन नियन्त्रणमा लिएपनि ३ घण्टा नबितिदै रिहा समेत गरेको थियो । नेकपाको माथिल्लो पदाधिकारीसम्म मुख्य योजनाकार राजकुमार गुप्ताको पहुच रहेको कारणले पर्सा प्रहरीले उन्मुक्ति दिएको मृतक मुकेश चौरसियाको भाइ महेश चौरसियाले आरोप लगाउनु भयो । उहाले घटनाको निष्पक्ष छानबिन माथि नै आशंका गरिएको बताउदै निष्पक्ष छानबिन गर्ने अपिल समेत गर्नुभयो । मृतक मुकेश चौरसियाको भाई महेश चौरसियाले मुख्य योजनाकार रहेको राजकुमार गुप्ता सहित संजय चौहान, अकलेश चौरसिया, लक्ष्मण चौरसिया, हनिफ मिया, चिन्टु तिवारी, उत्तम तिवारी, जोखु राउत कुर्मी, वकिल मिया, धिरज चौहान, देवा सहनी मलाह, जर्नादन चौहान माथि कडा कारवाही गर्न मांग गर्नुभयो ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार जिल्ला वकिल कार्यालयको माध्यमले मुदा दर्ता गर्न आएपछि मुदा दर्ता गरिएको बताउनु भयो । उहाले कानुनी प्रावधान अनुसार कुनैपनि जिल्लामा मुद्धा दर्ता नहुदा सरकारी वकिल कार्यालयको माध्यमले दर्ता हुने भएपछि १२ जनाको किटानी जाहेरी दर्ता गरिएको बताउनु भयो । उहाले अनुसन्धानको लागी कसैले दवाब दिने नदिने कुरा भन्दापनि अनुसन्धान भइरहेको बताउदै प्रकृया अगाडी बढाएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले दवाबमा परी मुद्धा दर्ता गरेपनि निष्पक्ष छानबिन गर्ने माथि शंका रहेको पिडितहरुले दुखेसो पोखेका छन । घटना भएदेखी नै प्रहरी प्रमुख पन्त राजकुमार गुप्ताको नाम हटाउन दवाब दिदै आएको पिडितहरुको भनाइ रहेको छ ।

यता बिहीबार सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा हत्यामा संलग्न १२ जनाविरुद्ध जाहेरी दर्ता भएपछि शुक्रबार मात्र मृतकका परिवारले शव बुझेर सा“झ अन्त्येष्टि गरिएको हो । मृतक मुकेश चौरसियाको गाउ“ विन्दवासीनी गाउ“पालिकाको बहुअर्वाभाठास्थित शम्शानघाटमा शुक्रबार सा“झ उनको अन्त्येष्टि गरिएको हो ।

मुकेशको शवमा नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर श्रद्धान्जली दिएका थिए । हत्यामा संलग्नविरुद्ध प्रहरीले जाहेरी लिन नमान्दा चौरसीयाको शव आठ दिनदेखि नारायणी अस्पतालमा राखिएको थियो ।

त्यसअघि शुक्रबार दिउ“सो नारायणी अस्पतालमा शवको पोष्टमार्टम गरेर त्यहाबाट शव निकालेर मुकेशको घरमा लगेर परिवारजनलाई अन्तिम पटक हेर्न दिइएको थियो । अन्त्येष्टिमा पूर्वमन्त्री यादवका साथै नेकपाका नेता रामचन्द्र झा, प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापा, वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी लगायतका नेता कार्यकर्ता पनि सहभागी भएका थिए । हत्यामा संलग्न माथि कारवाही हुने हो की हेर्न बाकी रहेको आन्दोलनमा सहभागी हुने स्थानीयहरुको प्रश्ण रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ