आज चार हजार ९६ जना काेराेना संक्रमित डिस्चार्ज भएर घर फर्किए

आज चार हजार ९६ जना काेराेना संक्रमित डिस्चार्ज भएर घर फर्किए

  • शुक्रबार, कार्तिक १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यो कुल संक्रमितको ७६ दशमलव ७ प्रतिशत हो। पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।७८१ महिला र ११०७ पुरुष गरी  १८ सय ८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेका छन्। उपत्यकामा २४ घण्टामा पुरुष ११ सय ७ र महिला ७८१ गरेर १८ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ