अन्ततः सरकारी वकिल कार्यालयमार्फत दर्ता भयो चौरसिया हत्याको जाहेरी

अन्ततः सरकारी वकिल कार्यालयमार्फत दर्ता भयो चौरसिया हत्याको जाहेरी

  • बिहिबार, कार्तिक १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

वीरगन्ज, १३ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले जाहेरी लिन नमानेपछि अन्तत मुकेश चौरसिया हत्याको जाहेरी सरकारी वकिल कार्यलयमार्फत दर्ता भएके छ । पीडित पक्षले बिहीबार सरकारी वकिल कार्यालयमार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका हुन् ।

गत बिहीबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । घटनाको ७ दिन बितिसक्दा पनि पर्सा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आन्दोलित बनेका पीडित पक्ष सरकारी वकिल कार्यलय पुगेको थियो । बिहीबार निवेदनसहित जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता गराएको सरकारी वकिल कार्यालयका प्रमुख रुद्रप्रसाद पन्थीले जानकारी दिए ।
उक्त निवेदन दर्ता गरिएको र आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको पनि उनले बताए । ‘मुद्दा दर्ता र अनुसन्धान गर्ने जिम्मा प्रहरीको भएकाले जाहेरी पर्सा प्रहरीलाई पठाईएको उनले बताए ।
सरकारी वकिल कार्यालयबाट पत्र आएपछि प्रहरीले कर्तव्य ज्यानको पुरानै जाहेरी दर्ता गरेको मृतकका भाइ महेश चौरसियाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटको दर्ता नम्बर १९० मा राजकुमार गुप्ता सहितको कर्तव्य ज्यान मुद्दा बिहीबार दर्ता भएको उनले बताए ।

शुक्रबार मुकेशको मृत्यु भएपछि मृतकका भाइ महेश चौरसियाले दाइको हत्याको मुख्य योजनाकारमा सभासद तथा नेकपा नेता राजकुमार गुप्तासहित १२ जनाको जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले लिन मानेको थिएन । प्रहरीले मुद्धा दर्ता नगरेपछि परिवार र स्थानीय नेकपा नेताकार्यकर्ताले पर्सा प्रहरी प्रमुख एसपि गंगा पन्तको पुत्ला समेत जलाएका थिए ।

उनका अनुसार गुप्ताको नाम हटाई जाहेरी ल्याएमात्र दर्ता गर्ने प्रहरीले अडान राखेको थियो । जाहेरी दर्ता गराउन नेकपाका जिल्ला इन्चार्ज, सचिव लगायतका नेता जिल्ला प्रहरी कार्यालय अगाडि विगत ७ दिनदेखि धर्ना दिइरहेका थिए । चौरसियाको शव नारायणी अस्पतालमा राखिएको थियो । मुद्दा दर्ता भएपछि शुक्रबार शवको पोस्टमार्टम गरी दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ