उपत्यकामा ८४३ जनामा कोरोना संक्रमण, कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

उपत्यकामा ८४३ जनामा कोरोना संक्रमण, कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

  • बुधबार, कार्तिक १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, १२ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। जसअनुसार काठमाडौंका ६९६,भक्तपुरमा २९ र ललितपुरमा ११८ गरी ८४३ जनामा संक्रमण देखिएको हाे ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ‍६२ हजार ३५४ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका ८४३ जनासहित १९ सय ५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या  १ लाख ‍६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ।

आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

यस्तै मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने  बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ