कांग्रेस नेता दाहाललाई पत्नी शोक

कांग्रेस नेता दाहाललाई पत्नी शोक

  • मङ्लबार, कार्तिक ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडाैं, ११ कार्तिक।
नेपाली कांग्रेस झापाका पूर्वसभापति पूर्णानन्द शर्मा दाहाललाई पत्नी शोक परेको छ । कमल गाउँपालिका–५ मङ्गलबारेमा बस्नुहुने उहाँकी धर्मपत्नी ८५ वर्षीया रमादेवी दाहालको गए राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मृतक लामो समयदेखि पेट तथा नसा रोगले पीडित हुनुहुन्थ्यो ।

कांग्रेसको ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय सदस्यसमेत रहनुभएका दाहाल नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज मानिनुहुन्छ । स्व. रमादेवीकी जेठा छोरा विनोद, प्रमोद र आमोद र छोरी प्रमिला अधिकारी हुनुहुन्छ । मृतकको शव आज बिहान ११ वजे कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसैवीच गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेले लोकतान्त्रिक आन्दोलनका योद्धासमेत रहनुभएका पूर्णानन्द शर्माकी धर्मपत्नी रमादेवीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ