आज तुलनात्मक रुपले कम संक्रमित थपिए, डिस्चार्ज हुने बढे

आज तुलनात्मक रुपले कम संक्रमित थपिए, डिस्चार्ज हुने बढे

  • शनिबार, कार्तिक ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

काठमाण्डौं कार्तिक ८ । नेपालमा आज पछिल्ला केही दिनको तुलनामा कम कोरोना संक्रमित थपिएका छन् । दैनिक करीब ६ हजार सम्म संक्रमित पुगेको अवस्थामा आज भने देशभर गरी २२ सय २५ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१३ हजार ८४६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगैँ हाल सम्म संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको मन्त्रालयले विवरण सार्वजनिक गरेको छ ।
यसै गरी अन्य दिनको तुलनामा आज कोरोनाm संक्रमित भन्दा निको हुनेको संख्या बढीरहेको छ । आज २८४६ जना संक्रमित निको भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको कुल संख्या एक लाख ८ हजार ३३४ पुगेको छ ।
यो भनेको कुल संक्रमित मध्य ६९ प्रतिशत भन्दा बढी हो । अब सक्रिय संक्रमित ४६ हजार ५७ जना रहेका छन् भने क्वारेन्टाईनमा ३ हजार ३२२ जना रहेका छन् ।
यसै गरी आज देशभर गरी कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यो सगैँ कोरोनाबाट कुल मुत्यु हुनेको संख्या ८४२ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्ने क्रममा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ