प्रचण्ड माधव समुह मिलेर ओली समुहलाई कर्णालीमा पाखा लगाईयो, दुई समुहले चाहे थप तीन प्रदेशका मुख्य मन्त्री फेरिन सक्ने

प्रचण्ड माधव समुह मिलेर ओली समुहलाई कर्णालीमा पाखा लगाईयो, दुई समुहले चाहे थप तीन प्रदेशका मुख्य मन्त्री फेरिन सक्ने

  • शुक्रबार, कार्तिक ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

सुर्खेत कार्तिक ७ । आफैले गरेको निर्णय आफै लागू नगर्ने, पार्टीले आधिकारीक रुपमा गरेका निर्णय लागू नगरेको भन्दै प्रचण्ड र माधव नेपाल पक्ष मिल्दा नेकपा भित्र ओली पक्ष अल्पमतमा पर्ने यस अघि पनि पुष्टी हुँदै आएको थियो । तर यस पटक कर्णाली प्रदेशमा प्रचण्ड र माधव नेपाल पक्षले एक ढिक्का भएर मुख्य मन्त्री रिुद्धको अविस्वास प्रस्ताव अस्वीकृत गरेर ओली पक्षलाई झड्का दिएको छ ।
प्रधानमन्त्री ओलीकै सहमतिमा यामलाल कँडेल समुहले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध १८ जना सांसदको हस्ताक्षर संकलन गरेर दर्ता गराएका थिए ।
तर प्रचण्ड र नेपालको सक्रियतामा दुबै पक्षका करीब ९ जना सांसदले हस्ताक्षर फिर्ता लिए पछि ओली पक्ष अल्पमतमा परेसगैँ मुख्य मन्त्री परिवर्तन गर्ने ओली पक्षको योजना असफल भएको छ ।
वालुवाटारमा दुबै पक्षबीचको तनाव चलिरहेका बेला कर्णालीमा देखा परेको नजिर लागू भएमा प्रदेश नं १, बागमति प्रदेश र लुम्वीनी प्रदेशमा समेत दुई समुहले चाहेमा संसदीय दलको नेता फेरेर मुख्य मन्त्री परिवर्तन गर्न सक्ने देखिएको छ । तर दुबै पक्ष पार्टी मिलाउने रणनीतिमै रहेकाले यो कदम भने चालिहाल्ने स्थितिमा नपुगेको स्रोतले बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा आज बसेको बैठकले ध्वनिमतका आधारमा उक्त प्रस्ताव अस्वीकृत गरेको हो ।
प्रदेशसभा सदस्य एवं नेकपा कर्णाली प्रदेशका सहइञ्चार्ज यामलाल कँडेल नेतृत्वमा १८ सदस्यले गत असोज २५ गते संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्तावबाट सात सदस्यले हस्ताक्षर फिर्ता लिएलगत्तै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधानका लागि मुख्यमन्त्रीसहित दुवै पक्षका नेताहरुलाई काठमाडौंँ बोलाउनुभएको थियो । कर्णालीको विवादबारे दुई अध्यक्षबीच सहमति नजुटेपछि मुख्यमन्त्री शाहीले सुर्खेत फर्किएर दलको बैठक बोलाउन प्रमुख सचेतक सीता नेपालीलाई निर्देशन दिनुभएको थियो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सहयोग गरेको आरोपमा मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई पदमुक्त गरी नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी तोक्नुभएको थियो । बैठकमा पूर्वमाओवादी पक्षका १० र पूर्वएमालेका माधवकुमार नेपाल नजीकका आठ जना गरी १८ सदस्यले ध्वनिमतका आधारमा उक्त प्रस्तावमाथि मतदान गरेका थिए । प्रमुख सचेतक नेपालीले मत घोषणा गर्दै दलका नेताविरुद्धको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको जानकारी दिनुभयो ।
मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने दलको बैठकमा उपसभामुख पुष्पा घर्ती तथा मन्त्रीद्वय दल रावल र नन्दसिं बुढा अनुपस्थित हुनुहुन्थ्यो । घर्ती पूर्वमाओवादी खेमा र मन्त्रीद्वय पूर्वएमालेका प्रधानमन्त्री ओली नजीकका मानिनुहुन्छ । त्यस्तै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कँडेलसहित ११ सदस्य पनि अनुपस्थित थिए । कँडेल समूहले आजको बैठकलाई अवैधानिक बताउँदै बहिष्कार गरिएको जनाएको छ । आजको बैठकमा १८ सदस्य उपस्थित थिए । कर्णाली प्रदेशसभामा सभामुखबाहेक नेकपाका ३२ सदस्य छन् । मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथिको मतदानमा १८ उपस्थित थिए भने इतरसमूहका १४ सदस्यले बैठक बहिष्कार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ