काठमाडाैं, ६ कार्तिक । बिहीबार एकैदिन ३२ सय १५ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३२ सय १५ जना कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए ।
योसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ। आइसीयूमा २९० र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
नेपालमा अहिलेसम्म मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २१ जनाको कोरोनाबाट मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । याे सँगै मृत्यु हुनेको संख्या नेपालमा ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ।