उपत्यकामा १५ सय ५२ सहित आज ३ हजार ६३७ जनामा काेराेना संक्रमण पुष्टि

उपत्यकामा १५ सय ५२ सहित आज ३ हजार ६३७ जनामा काेराेना संक्रमण पुष्टि

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडाैं, ६ कार्तिक । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २५५ पीसीआर परीक्षण भएकाेमा ३ हजार ६३७ जनामा संक्रमण भेटिएकाे हाे।
याे सँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८७७ रहेकेा बताए ।
त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंमा १२८३ , ललितपुरमा ११२ र भक्तपुरमा १५७ गरी १५ सय ५२ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा ३१ हजार ५३८ जना छन्। यस्तै क्वारेन्टाइनमा ३ हजार ७५१ जना रहेका छन्।
बिहीबार ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ।

आइसीयूमा २९० र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८१२ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ