‘रअ’का प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएकाे पुष्टि

‘रअ’का प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएकाे पुष्टि

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडाैं, ६ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले भेट गरेको ओलीकै खसचिवालयले पुष्टि गरेको छ।

बिहीबार प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ ९रअ प्रमुख० भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ थापाको बक्तव्यमा भनिएको छ ।

प्रधानमन्‍त्रीसँग भेटका लागि बुधबार बेलुका गोयल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटका क्रममा उनले नेपाल(भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्।

उता, बुधबार कूटनीतिक उडानबाट नेपाल आएको रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोलीले पूर्वप्रधानमन्त्रीहरुलाई पनि भेट गर्ने चर्चा चलेको थियो । तर पूर्व प्रधानमन्त्रीद्धय एवं नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ