भारतीय जासुसी संस्था रअका प्रमुख गोयल सहित ९ जना काठमाण्डौंमा को को सगँ भेट्दैछन् ?

भारतीय जासुसी संस्था रअका प्रमुख गोयल सहित ९ जना काठमाण्डौंमा को को सगँ भेट्दैछन् ?

  • बुधबार, कार्तिक ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

कार्तिक ५ काठमाण्डौं । नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेर सडकै बनाए पछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेका बेला भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयल आज काठमाण्डौं आएका छन् । उनी भारतीय वायुसेवाको विमानबाट काठमाण्डौ आएका हुन् । उनी ९ जनाको टोली रहेको बताइएको छ ।
उनले आज नेपालमा रहँदा प्रधानमन्त्री ओलीलाई समेत भेट्ने बताईएको छ ।
भारतीय सेनापति मुकुन्द नरवाणे काठमाण्डौं आउने निश्चित भएका बेला रअ प्रमुख काठमाण्डौ आएका हुन् । भारतीय सेनापति आगामी कार्तिक १८ गते काठमाण्डौ आउने छन् ।
गोयल भोली स्वदेश फर्कने जनाईएको छ । रअ प्रमुख गोयल यस अघि अघिल्लो बर्ष पनि नेपाल आएका थिए ।
उनको भ्रमणको कारण धार्मिक वा विभिन्न बताईएको भए पनि नेपालको पछिल्लो परिस्थिति बुझन आएको अनुमान गरिएको छ ।
भारतले अतिकमण गरेको नेपाली भूमि फिर्ता गर्ने विषयमा वार्ता समेत दुई देशबीच हुन नसकेका बेला भ्रमणहरु बाक्लिन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ