कार्तिक ५ काठमाडौँ । साना साना समुह मिलेर बनेको जसपा पनि भागवण्डा मिलाउने नाममा जम्बो केन्द्रीय समिति बनाउन बाध्य भएको छ । जसपाले ८०१ केन्द्रीय सदस्य बनाएको छ । यो भनेको पूर्व माओवादीले यस अघि बनाएको ४ हजार बढी केन्द्रीय समिति पछि सबै भन्दा धेरै केन्द्रीय सदस्य भएको पार्टी बनेको छ ।
८०१ केन्द्रीय समिति सदस्य भएको पार्टीको बैठक बस्न अब पार्टी प्यालेस वा सभा हल नै खोज्नु पर्ने हुन्छ ।
यसै गरी सो पार्टीको संघीय परिषद् अध्यक्षमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष चयन भएका छन् । जसपाको मंगलबारको केन्द्रीय कार्यकारिणीको बैठकले उनलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो ।
जसपाको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् ।
कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरू समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णयसमेत जसपाले गरेको छ ।
जसपा बाबुराम भट्टराईको नयाँ शक्ति, उपेन्द्र यादव र अशोक राईको संघीय समाजवादी र महन्त ठाकुरको जनता पार्टीको एकता पछि बनेको पार्टी हो ।