माधव नेपाललाई फकाउने ओलीको पयास

माधव नेपाललाई फकाउने ओलीको पयास

  • बुधबार, कार्तिक ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.7K
    SHARES

काठमाण्डौं । नेकपा भित्र अध्यक्षद्धय प्रचण्ड र ओली समुहका बाहेक माधव नेपाल पनि बलियो समुह भित्र पर्दछ । ओली र प्रचण्ड एक हुँदा माधव नेपाल पेलिएको महसुस सो खेमाका नेता कार्यकर्तालाई हुन गरेको छ । तर पार्टी एकता पछि देखिनै माधव नेपालको एउटा अडान यथावत छ । उनले एक व्यक्ति एक पदको अवधारणा कायमै राखेका छन् । माधव नेपाल अल्पमतमा परुन या बहुमतमा उनको अडान यथावत रहेको उनको पक्तिको बुझाई छ ।
अहिले वालुवाटारबाट शुरु भएको विवाद गत भदौ अन्त्यतिर सहमति तिर गए पनि मन्त्रीमण्डल हेरफेरमा ओलीले फेरी एकलौटी गरेको भन्दै प्रचण्ड माधव पक्षले बिरोध गरेका थिए ।
यही बेला कर्णालीमा ओली पक्षका यमलाल कँडेलको नेतृत्वमा प्रचण्ड पक्षीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्ध हस्ताक्षर संकलन गरी अविस्वासको प्रस्ताव दर्ता गराए पछि त्यसले पुनः नेकपा भित्र विवादले नयाँ मोड लियो ।
ओली र माधव नेपाल पक्षमात्रै नभई प्रचण्डकै समेत तीन जना सांसदले हस्ताक्षर गरेका थिए ।
तर अन्ततः माधव नेपाल पक्षका सात जना र प्रचण्ड पक्षका तीन जनाले हस्ताक्षर फिर्ता लिए पछि ओली पक्ष कर्णालीमा पुरै अल्पमतमा परेपछि बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएर कर्णालीको विषयमा समाधान निस्किएको भनिए पनि ओलीका सल्लाहकार सूर्य थापा र प्रचण्डका सल्लाहकार विष्णु सापकोटाले फरक फरक विज्ञप्ति जारी गरे पछि पूर्ण सहमति नभएको देखिएको छ ।
यसै क्रममा आफू कर्णालीमा आफ्नो पक्ष अल्पमतमा परे पछि माधव कुमार नेपाललाई फकाउन लागेका छन् । स्रोतका अनुसार हिजो बिहान प्रचण्डसगँ छलफल गरे पछि दिँउसो माधव नेपालसगँ ओलीले छलफल गरेका थिए । जस अनुसार सहकार्यको प्रस्ताव राखेको बताईएको छ । तर के मा सहकार्य ? कसरी सहकार्य भन्ने ठोस प्रस्ताव भने नआएको नेपाल पक्षीय स्रोतले जनाएको छ ।
नेपाल समक्ष ओलीले कम्तीमा पूर्व एमालेहरु एक ठाँउमा उभिनु पर्छ भन्ने सन्देश दिन खोजेको बुझाई सो वृतको छ ।
त्यसको अर्थ कर्णाली मात्र हैन केन्द्रीय मन्त्रीमण्डल पुर्नगठनमा समेत सो प्रभाव पर्न सक्ने आकंलन छ । यस्तो स्थितिमा आफैले गरेको निर्णय समेत आफैले कार्यन्वयन नगर्ने प्रधानमन्त्रीको ओलीको व्यवहारबाट चिढिएका नेपाल सहकार्य गर्न कति तयार होलान् ? त्यो भने प्रतिक्षाको विषय रहेको नेपाल पक्षको बुझाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ