काठमाण्डौ कार्तिक ४ । केही दिन अघि नेकपाकै ओली पक्षका सांसदहरुले मुख्य मन्त्री महेन्द्र शाही बिरुद्ध हालेको अविस्वास प्रस्ताव पछि उत्पन्न तरंग अब सेलाउदै गएको छ ।
ओली निकट मानिने यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले अविस्वासको प्रस्ताव दर्ता गरे पछि बीचमै माधव नेपाल पक्षका सात र प्रचण्ड पक्षका तीन जनाले हस्ताक्षर फिर्ता लिने भएसगँै यो प्रस्ताव त्यसै कमजोर बनेको थियो ।
तर यही बीचमा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्रीले ससदीय दलका प्रमुख सचेतक गुलाब जंग शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका थिए ।
तर आज अध्यक्ष प्रचण्ड र ओलीबीच बालुवाटारमा भएको चार बुदे सहमति अनुसार अब गुलाब जंग शाह पुनः मुख्य सचेतक हुनेछन् ।
सचेतकमा नियुक्त भएका कुर्म बहादुर बाहीबारे केही भनिएको छैन । शाही अघि सीता नेपाली सचेतक थिईन् ।
साथै मुख्य मन्त्री बिरुद्धको प्रस्ताव फिर्ता गर्ने पनि सहमति भएको छ ।
दुवै अध्यक्षको बोलावट पछि कर्णाली प्रदेशका नेताहरु राजधानी आएका थिए ।