आज ३ हजार ९३ जना कोरोना संक्रमित थपिए, कुल १ लाख ३९ हजार १२९ पुग्यो

आज ३ हजार ९३ जना कोरोना संक्रमित थपिए, कुल १ लाख ३९ हजार १२९ पुग्यो

  • मङ्लबार, कार्तिक ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

कार्तिक ४ काठमाण्डौं । नेपालमा आज ३हजार ९३ जना संक्रमित थपिएका छन् । १३ हजार ८६१ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।

यो सगैँ देशभर संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुगेको छ । संस्थागत आईसोलेसनमा १३हजार ८५१ जना रहेका छन् । होम आईसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् ।
आज २ हजार १०८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय ९ जना रहेको छ । क्वारेन्टीनमा ४ हजार बढी रहेका छन् ।
यस्तै २४ घण्टामा देशभर गरी ८ जना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ