कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नु पर्ने आफ्नै पार्टीको सरकारले गरेको निर्णयप्रति माधव नेपालले जनाए गंभीर आपत्ति, निर्णय अविलम्ब फिर्ता गर्न माग

कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नु पर्ने आफ्नै पार्टीको सरकारले गरेको निर्णयप्रति माधव नेपालले जनाए गंभीर आपत्ति, निर्णय अविलम्ब फिर्ता गर्न माग

  • मङ्लबार, कार्तिक ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

कार्तिक ४ काठमाण्डौं । आफ्नै पार्टीको सरकारले हालै कोरोना संक्रमित नागरिकले आफ्नो उपचार आफै गर्नु भनी जारी गरेको निर्देशनप्रति नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गंभीर आपत्ति जनाएका छन् ।
नेता नेपालले आज एक विज्ञप्ति जारी गरी सरकारको उक्त निर्णयका कारण सरकारी अस्पतालले नागरिकको निशुल्क उपचार बन्द गरेर मारमा परेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
संकटका बेला सबै नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने बेलामा सरकारको यो निर्णय अनुचित भएको नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सबै नागरिकलाई समान उपचार गराउनु पर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने भन्दै गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका नागरिकप्रति संवेदनशील नभई जनतामा आतंक सृजना हुने गरी भएको निर्णय विभेदकारी, गैरजिम्मेवार र अनुत्तरदायी भएको टिप्पणी नेता नेपालले गरेका छन् । हेर्नुस् विज्ञप्तिः

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ