काँग्रेसको स्वागतयोग्य कदम : पार्टीका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने

काँग्रेसको स्वागतयोग्य कदम : पार्टीका सबै सांसदले दशैँभत्ता फिर्ता गर्ने

  • सोमवार, कार्तिक ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

कार्तिक ३ काठमाण्डौं । महामारीका बेला सांसद, मन्त्री, तिनका पिएहरुले भारी भरकम दँशै भत्ता बुझेको खबर सञ्चार माध्यममा आए पछि आलोचना भईरहेका बेला काँग्रेसले स्वागतयोग्य कदम चालेको छ ।
काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका सबै सांसदहरुलाई दँशै भत्ता फिर्ता लिन निर्देशन दिएका छन् ।
काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज निर्देशन दिएका हुन् ।

काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिनुभएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले राससलाई जानकारी दिए ।

प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताए। खाँणले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ