अब कोरोना संक्रमितको परीक्षण र उपचार खर्च सरकारले नब्यहोर्ने

अब कोरोना संक्रमितको परीक्षण र उपचार खर्च सरकारले नब्यहोर्ने

  • आइतवार, कार्तिक २, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

कार्तिक २ काठमाण्डौं । सरकारले अब कोरोना संक्रमितको उपचार खर्च र परीक्षण शुल्क नागरिक आफैले व्यहोर्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने छ ।
बाँकी नागरिकले परीक्षण शुल्क र उपचार खर्च आफैले व्यहोर्नु पर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यस अघि भने कोरोना परीक्षण र उपचार सबैको निशुल्क हुँदै आएको थियो ।
अग्रपक्तिमा खटिएकाहरुको पनि बीमा गरेको अवस्थामा बीमाबाट कटाउने प्रवक्ता गौतमले जानकारी दिए ।
‘यो आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुने पनि मन्त्रालयले जनाएको छ ।
यसले आर्थिक जोखिममा परीरहेका नागरिकहरुमाथि थप समस्या आउन सक्ने चिन्ता शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ