कैलालीमा प्रहरी हत्या प्रकरणमा शंकास्पद ११ जना पक्राउ,वेपत्ता हवल्दारको अवस्था अझै अज्ञात

कैलालीमा प्रहरी हत्या प्रकरणमा शंकास्पद ११ जना पक्राउ,वेपत्ता हवल्दारको अवस्था अझै अज्ञात

  • आइतवार, कार्तिक २, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.7K
    SHARES

२ कात्तिक, कैलाली । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

असई बिकको घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या भएको पाईएको छ । राति गस्तीमा एक जना हवल्दार सहित गएका बेला उनको हत्या भएको देखिएको छ । वेपत्ता हवल्दार राम बहादुर साउदको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
अहिले शसस्त्रको गोताखोर टोली नदीमा खोजीका लागि लागि परेको छ । अस्थायी प्रहरी विटका ईन्चार्ज रहेका विकले तस्करी विरुद्ध कडा कार्बाही गर्दै आएका थिए । सो क्षेत्रमा भारतबाट तस्करीका सामानहरु ओसार पसार हुने गर्दथ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ