मिडियामा दँशै भत्ता सांसदले लिएको समाचार पछि कसैले फिर्ता गर्ने, कसैले बिरामीको उपचारमा लगाउने घोषणा

मिडियामा दँशै भत्ता सांसदले लिएको समाचार पछि कसैले फिर्ता गर्ने, कसैले बिरामीको उपचारमा लगाउने घोषणा

  • आइतवार, कार्तिक २, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

कार्तिक २ काठमाण्डौं । कर्णाली देखि संघीय संसद सम्म नेता तथा सांसदहरुले दशैँ भत्ता लिएको समाचार बाहिरिएर आलोचना बढे पछि केही सांसदहरुले भत्ता फिर्ता गर्न माग गरेका छन् भने केहीले बिरामीको उपचारमा खर्च गर्ने धमाधम घोषणा गरेका छन् ।
सांसद जनार्दन शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । शर्माले दँशै भत्ता कटाएर भेन्टिलेटर किन्न प्रस्ताव गरेका छन् ।
त्यस अघि नेकपाकै अर्का सांसद भीम रावलले आफूले पाएको दशैँ भत्ता खाताबाट कटाएर फिर्ता गर्न माग गरेका छन् । साथै रावलले जनप्रतिनिधिले दँशै भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भने संसदबाट कुनै पनि तलव भत्ता लिएका छैनन् ।
जनतालाई औषधी किन्ने र उपचार गर्ने अवस्था समेत नरहेका बेला संघदेखि प्रदेश सम्म पनि सांसदले मात्र नभई उनका स्वकिय सचिवहरुलाई समेत ठूलो मात्रामा दँशै भत्ता लिएको सार्वजनिक भए पछि आलोचना हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ