कोरोना संक्रमण भएका राप्रपाका अध्यक्ष कमल थापा आईसियुमा भर्ना

कोरोना संक्रमण भएका राप्रपाका अध्यक्ष कमल थापा आईसियुमा भर्ना

  • आइतवार, कार्तिक २, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं कार्तिक २ । कोरोना संक्रमण भएर अवस्था शुरुमा सामान्य भनिएका रापपा अध्यक्ष कमल थापा पछि टाउको दुख्ने, ज्वरो आउने र सास फेर्न गाह्रो हुन थाले पछि ओम अस्पतालमा भर्ना भएका छन् । शनिबार भर्ना भएका थापालाई आईसियुमा राखेर उपचार भईरहेको अस्पतालले जनाएको छ ।
उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा.विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । गत बुधबार थापा संक्रमित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ