कार्तिक २ काठमाण्डौं । कर्णाली प्रदेशको मुख्य मन्त्री महेन्द्र बहादुर शाही विरुद्ध ओली निकट नेता यामलाल कडेँलको नेतृत्वमा दर्ता भएको अविस्वास पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न भनी मुख्य मन्त्री सहित त्याहाँका नेताहरु राजधानीमा आएका छन् ।
उनीहरुसगँ सयुक्त छलफल गर्ने यस अघि भनिए पनि शनिबार प्रचण्ड बालुवाटार गएनन् । उनले यस अघि नै सो क्षेत्रका नेताहरुसगँ छलफल गरीसकेको भन्दै ओलीले बोलाएको छलफलमा जान नमानेको स्रोतले जनाएको छ ।
नेकपा कर्णाली प्रदेशमा देखिएको विवाद समाधानको प्रयासस्वरुप प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेशका सहइन्जार्च यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बनमा परेका गुलाबजंग शाह, प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा, मन्त्री प्रकाश ज्वालालगायत तीनै गुटका नेताहरु काठमाडौं आएका छन् ।
कर्णाली प्रदेशमा ओली पक्षका यामलाल कडेँल सहित १८ जनाले हस्ताक्षर गरे पनि पछि माधव नेपाल पक्षका ७ जना र प्रचण्ड पक्षका तीन जनाले हस्ताक्षर फिर्ता लिने भए पछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।
यस प्रकरणमा अल्पमतमा परे पछि ओलीले शनिबार सामुहिक छलफल गरेका हुन् ।
केन्द्रमा मन्त्रिमण्डल पुनर्गठनका असन्तुष्ट रहेका प्रचण्डले कर्णालीको विवाद पछि ओलीसगँ असन्तुष्टी व्यक्त गरेका थिए । दुवै शीर्ष नेताले छलफल गरेर टुंगो नलगाउदा कर्णालीका नेताहरु अझै राजधानीमै बसिसकेका छन् ।