नमोबुद्ध नगर प्रमुख तिमल्सिनाद्धारा पत्रकार महासंघलाई एक लाख बढी सहयोग, अभिभावकत्व लिएका विद्यार्थीलाई पनि नगद प्रदान

नमोबुद्ध नगर प्रमुख तिमल्सिनाद्धारा पत्रकार महासंघलाई एक लाख बढी सहयोग, अभिभावकत्व लिएका विद्यार्थीलाई पनि नगद प्रदान

नगरको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

  • शनिबार, कार्तिक १, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

कार्तिक १ काभ्रे । काभ्रे नमोवुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूले निर्वाचनका बेला जनतामा गरेको बाचा पूरा गर्दै गएको बताएका छन् ।
नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित वार्षिक समिक्षा कार्यक्रममा उनले बाँकी अवधि पनि जनताको पक्षमा निरन्तर काम गरेर अघि बढ्ने बताए ।
प्रमुख तिमल्सिनाले आफुले बेथितिको अन्त्य र समृद्धिको आधारमा गरेको प्रतिबद्धता पुरा गर्ने बताए ।

नगर उप–प्रमुख रामदेवी तामाङले नगरपालिकालाई महिला मैत्री बनाउन आफु लागि परेको बताईन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिनाले नगरपालिकाले गरेका काम र सुधार गर्नुपर्ने कामका बारेमा चर्चा गरे । यस्तै वडा नं। ७ का वडाध्यक्ष धर्मसिं लामाले पहिलो पटक जिल्लाको सबै पत्रकारहरुसँग बसेर नगरको प्रगतिको बारेमा समिक्षा गर्न पाउँदा आफू खुशी भएको बताए ।
कार्यक्रममा आर्थिक वर्ष २०७६र७७ को वार्षिक तथा आर्थिक वर्ष २०७७र७८ को प्रथम चौमासिक अवधिको समिक्षा गरिएका थियो । नगरका प्रमुख प्रशसकीय अधिकृत भोलाप्रसाद चापागाईंले समिक्षात्मक कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले आर्थिक वर्ष २०७६र७७ मा विनियाजन भएको बजेट र योजनाको काम चालुगत तर्फ ७५ दशमलब २७ प्रतिशत र पूँजीगत तर्फ ७७ दशमलब ९९ प्रतिशत वित्तिय प्रगति भएको जनाए । यो बर्षको पहिलो चौमासिकमा भने चालु तर्फ १७ प्रतिशत र पूँजीगत तर्फ २ प्रतिशत वित्तिय प्रगति भएको छ । वडागत रुपमा भौगोलक, जनसंख्या, राजश्व र लागतलाई आधार मानेर सिलिङ बनाएको र त्यस अनुसार वडागत रुपमा ९५ दशमलब १० प्रतिशत योजना प्रगति भएको कार्यक्रममा जानकारी दिइयो ।

नगरपालिकाले कृषि तर्फ साना सिंचाई, कृषि उपज संकलन केन्द्र, भकारो सुधारका कार्यक्रम, पशुपालन तर्फ हरेक वडामा १र१ वटा बोयर जातका बोका वितरण, स्वास्थय तर्फ मेथिनकोट अस्पताललाई सरकारी अस्पताल निर्माण, सबै वडामा स्वास्थ्य केन्द्र निर्माण गरिएको, १२ महिना चल्न सक्ने सडक निर्माणमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत चापागाईले जानकारी दिए ।

यस्तै समिक्षा कार्यक्रममा नगर प्रमुख शर्माले आफूले अभिभावकत्व ग्रहण गरेका विद्यर्थाीहरुलाई नगद सहयोग गरेका थिए । कोभिड–१९ कारण विद्यालय जान नसकेको र अनलाईन कक्षा सञ्चालन भइरहेकोले उनीहरुलाई सहयोग पु¥याउने हिसावले जनही ६ हजार ५ सयका दरले रकम उपलब्ध गराए । रकम पाउनेहमा शिवराज चिमौरिया, दिपेश गौतम, सुशिल गौतम, सरिता लामा, कुशल अधिकारी, अर्चना धिताल छन् ।
कार्यक्रमकै विच पूर्व पत्रकार समेत रहेका नगर प्रमुख शर्माले आफुले स्थापना गरेको टिपी शर्मा सिर्जनशिल पत्रकारिता पुरस्कार कोषमा जम्मा हुने गरी नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई १ लाख १ सय ११ रुपैयाको चोक हस्तान्तरण गरे । उक्त चेक नगरप्रमुख शर्माले पत्रकार महासंघका अध्यक्ष तिमल्सिनालाई हस्तान्तरण गरेका थिए ।

Image may contain: 6 people, people standing, shoes and suit

Image may contain: 2 people, including T.P. Sharma Timilsina, people sitting

Image may contain: 1 person, indoor

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी