बीरगञ्जमा फेला परेको सुन भएको फ्ल्याट भाजपाका उम्मेद्धार प्रमोद सिन्हाका भाई अशोकको भएको खुलासा

बीरगञ्जमा फेला परेको सुन भएको फ्ल्याट भाजपाका उम्मेद्धार प्रमोद सिन्हाका भाई अशोकको भएको खुलासा

  • शनिबार, कार्तिक १, २०७७
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

कार्तिक १ बीरगञ्ज । प्रहरीले जबरजस्त गोप्य सूचनाका आधारमा रेड गरेर करीब २३ किलो सुन र दुई किलो चाँदी आज बीरगञ्जबाट बरामद गरेको थियो । यो सुन रहेको बीरगञ्ज ५ को गणेश अपार्टमेन्ट को फल्याट नं ३०३ बाट बरामद भएको थियो । दिँउसो प्रहरीले रेड हान्दा त्याहा कोही पनि थिएनन् र ताला तोडेर पहरीले सुनचाँदी फेला पार्यो ।
यो सुन भेटिएको फल्याट भाजपाका बिहारका उम्मेद्धार प्रमोद कुमार सिन्हाका भाई अशोक सिन्हाको रहेको खुलेको छ । भारतीय सञ्चार माध्यमका अनुसार तीन करोड भारु पार्टीलाई बुझाएर प्रमोद कुमारले टिकट हात पारेका थिए । प्रमोद भारत रक्सौल निवासी हुन् । अशोक बीरगञ्जमा बस्दै आएका थिए ।  बिहारमा केही दिनमा निर्वाचन हुँदैछ ।
अशोककै माध्यमबाट बीरगञ्जका व्यापारीसगँ पैसा लिएर प्रमोदले टिकट लिएको यस अघि चर्चा चलेको पनि आजतकले लेखेको छ । अशोक अहिले फरार छन् । प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Raid at BJP Candidate brother house 23 KG gold seized

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ