ईटा भट्टामा सगैँ काम गर्ने साथीको हत्या गरेर भारतमा लुकेका दुई जना ११ बर्ष पछि पक्राउ

ईटा भट्टामा सगैँ काम गर्ने साथीको हत्या गरेर भारतमा लुकेका दुई जना ११ बर्ष पछि पक्राउ

  • शनिबार, कार्तिक १, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

कार्तिक १ काठमाण्डौं । ईटाभट्टामा सगैँ काम गर्ने साथीलाई मारेर भागेका मकवानपुरका दुई जनालाई प्रहरीले ११ बर्ष पछि पक्राउ गर्न सफल भएको छ । आफ्नै सहकर्मीको हत्या गरी फरार २ अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले जनाएको छ ।

ब्युरोको टोलीले उनीहरुलाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ काठमाडौ लयाएको हो । उनीहरुलाई थप कारवाहीका लागि आजै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापाले जानकारी दिनुभयो ।

विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो । त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए । उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । उनीहरु घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए ।
भारतमा परिचय समेत बदलेर काम गर्दै आएका थिए । पछि परिवारसमेत भारत लगेको खुल्न आएको छ । निरन्तरको निगरानी पश्चात नेपाल आएको पत्ता लागेपछि पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ