१ कात्तिक, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेम कुमारी थापाले नगरका मेयर मुर्दावादको नारा लगाउदै वडा कार्यलयको भवनमा टासिएको सिलालेखमा निरन्तर ढुंगा हानेर आक्रोस व्यक्त गरेकी छन् ।
यसको मुख्य कारण चाँही सो सिलालेखमा उनको नाम नराखिनु हो । उपमेयरलाई अपमान गर्ने मेयर मुर्दावाद भन्दै मेयरले सिलालेखको पर्दा उघार्दै गर्दा ढुंगाले हान्न नछाडे पछि वडा ७ का अध्यक्ष धन बहादुर बमले अब विवाद नगर्नुस् दुबै जना जानुस् , वडा अध्यक्ष आफैले उदघाटन गर्छ भने पछि उपमेयर थापाले आफ्नो नाम नराख्दा सम्म वडा कार्यलयको उदघाटन गर्न नदिने बताईन् ।
त्यस पछि बल्ल तल्ल उपमेयरको पनि नाम राख्ने सहमति भए पछि विवाद मत्थर भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline