विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलिदेखि अत्यावस्यक बाहेकका सेवा बन्द हुने

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोलिदेखि अत्यावस्यक बाहेकका सेवा बन्द हुने

  • शनिबार, कार्तिक १, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.6K
    SHARES

धरान कार्तिक १ । पुर्वको सबै भन्दा ठूलो र अत्याधिक बिरामीको चाप रहने गशारेको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भोलिदेखि अत्यावस्यक सेवा बाहेकको सेवा बन्द गर्ने तयारी गरिएको छ ।
अस्पताल स्रोतका अनुसार आज सम्म २ सय ५० भन्दा बढी कोरोना संक्रमित भर्ना भएको, अस्पतालमा ५ जना डाक्टर समेत कोरोना संक्रमित भएर भर्ना भएर कोरोनाको जोखिम निकै बढे पछि अत्यावस्यक जस्तै ईमरजेन्सी, ईमरजेन्सी अप्रेसन र कोभिड अस्पताल बाहेक अन्य सेवा र काम बन्द गर्ने तयारी भएको अस्पतालका निर्देशक डा. गौरी शंकर शाहले जानकारी दिए ।
२७ वर्ष देखि सञ्चालित यस प्रतिष्ठानमा दैनिक २ देखि ३ हजार बिरामीले सेवा लिदै आएका छन् ।
प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले सप्लायर्ससँग मिलेमतो गरी कमसल उपकरण, भेन्टिलेटर र औषधी ल्याएका कारण कोरोना संक्रमितको उपचार प्रभावकारी ना नसकेको प्रतिष्ठान स्रोतले जनाएको छ ।
व्यवस्थापनको लापरबाही र चिकित्सकले बिरामी भर्ना र उपचार गर्नै नमान्दा थुप्रै बिरामीको ज्यान गएको भन्दै चौतर्फी बिरोध हुँदा पनि उपकुलपति ज्ञानेन्द्र गिरीसगँ सरकारले स्पष्टीकरण लिन सकेको छैन ।
बरु अख्तियारमा परेको उजुरीका आधारमा गिरी सहित पदाधीकारी बिरुद्ध अनियमितताको छानविन अख्तियारले गरीरहेको छ ।
विराट मेडिकल कलेजमा कार्यरत रहेका गिरीलाई प्रधानमन्त्री ओलीले गत चैतमा विपीको उपकुलपति नियुक्त गरेका थिए ।
त्यस यता गिरीले ठेकेदारको म्याद थप्ने र भुक्तानी दिने, प्रतिष्ठानको जग्गा निजी क्षेत्रलाई दिने, सरुवा, नियुक्त जस्ता काममा चासो राख्दै उपचार प्रभावकारी बनाउने र अस्पताल व्यवस्थापन प्रभावकारी बनाउने काममा ध्यान नदिएको आलोचना हुँदै आएको छ ।
गिरीले कोरोना लागेर आईसोलेसनमा बसेका बेला समेत अवैध रुपमा सरुवा लगायतका काम गरेको भन्दै अस्पतालमा कर्मचारीले समेत विरोध जनाएका थिए ।
विरामीको अवस्था गंभीर रहेर भर्ना नगरेको अवस्थामा परिवारजनले फोन सम्पर्क गर्दा समेत नउठाउने र उठाएमा म हैन भन्दै टार्दै आएको अस्पतालमा उपचार पीडित आफन्तजनले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ