अध्यक्ष दाहालबाट प्रा डा श्रेष्ठप्रति श्रद्धाञ्जलि

अध्यक्ष दाहालबाट प्रा डा श्रेष्ठप्रति श्रद्धाञ्जलि

  • शुक्रबार, अशोज ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

असोज ३० काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्व केन्द्रीय सल्लाहकार प्रा डा राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको छ ।
अध्यक्ष दाहालले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । प्राडा श्रेष्ठ तत्कालीन नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । राष्ट्रियसभाका पूर्व सदस्य श्रेष्ठ प्राज्ञिक व्यक्तित्वका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।
प्रा डा श्रेष्ठको ८२ वर्षको उमेरमा आज काठमाडौं भीमसेनगोलास्थित निवासमा निधन भएको हो । उहाँ त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्वसभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँ विसं २०५४ मा तत्कालीन नेकपा ९एमाले०को तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ