सभापतिद्वारा प्रजातन्त्र सेनानी आङ्दम्वेको निधनप्रति दुःख व्यक्त

सभापतिद्वारा प्रजातन्त्र सेनानी आङ्दम्वेको निधनप्रति दुःख व्यक्त

  • शुक्रबार, अशोज ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

असोज ३० काठमाण्डौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रजातन्त्र सेनानी आङ्दम्वेको आज बिहान इलामको फाल्गुनन्द गाउँपालिका– १ स्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । स्व आङ्दम्वेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका श्रीमती, पाँच छोरा र एक छोरी हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ