असोज ३० काठमाण्डौं । १० वर्षे जनयुद्ध देखि ७० सालको निर्वाचन बहिष्कारसम्म सगैँ काम गरेका नेत्र विक्रम चन्द विप्लवप्रति अहिलेका गृहमन्त्री राम बहादुर थापाले कडा रबैया अपनाएको यस अघि पनि आलोचना हुँदै आएको थियो ।
०७५ साल फागुण २८ गतेदेखि चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध गरेर सो पार्टीका नेता कार्यकर्तालाई गिराफ्तार गर्ने, ईन्काउन्टरमा कुमार पौडेल सहित तीन जना कार्यकर्ताको हत्या गरेको भन्दै बिरोध हुदै आएको छ ।
औपचारीक युद्ध या शसस्त्र संघर्षको घोषणा नगरेको अवस्थामा पनि प्रतिवन्ध सहित धरपकड गरीरहेको गृहप्रशासनले फेरी थप कुनै सम्झौता नगरी कडा कार्बाही गर्ने निर्देशन गृहमन्त्री बादलबाट पाएको छ ।
६५ औं प्रहरी दिवसका अवसरमा आज प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले विप्लवको नामै नलिईकन भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधको प्रयास गरेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता नगर्ने भन्दै चेतावनी दिए ।
हालै विभिन्न साना दलहरुले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध फिर्ता हुनु पर्ने लगायतका माग राखेका थिए ।
नेकपाले प्रतिवन्ध खारेज हुनु पर्ने लगायतका माग राखि निरन्तर संघर्ष जारी राख्ने पटक पटक घोषणा गर्दै आएको छ ।
यस्तो अवस्थामा गृहमन्त्रीबाट ठाँउ ठाँउमा र पटक पटक आउने कडा अभिव्यक्तिलाई आलोचकहरुले सत्ताको नुनको सोझो गरेको अर्थमा पनि टिप्पणी गर्ने गरेका छन् ।