असोज ३० काठमाडौं । बुढी गण्डकी आयोजना निर्माण अझै शुरु भएको छैन । यो आयोजना चीनको चर्चित कम्पनी गेजुवालाई जिम्मा दिईएको छ । तै पनि सरकारले यो आयोजना निर्माण अझै शुरु गर्न सकेको छैन । तर यो आयोजनामा भ्रष्टाचार भएको भन्ने यस अघि चर्चा भए पनि यस पाली गोर्खाकै सांसद एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोर्खामै पुगेर प्रधानमन्त्री ओली , पूर्व प्रधानमन्त्री प्रचण्ड र शेर बहादुर देउवाले मिलेर ९ अर्ब खाएको किटानै गरी सार्वजनिक अभिव्यक्ति दिए पछि ने यसले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
यसबारे नेकपा र काँग्रेसले विज्ञप्ति समेत दिएर आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकीबारे पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको र गैर जिम्मेवार तत्वले गलत सुचना दिएर जनता भड्काउने कुचेष्टा गरेको भन्दै विरोध गरे पछि भट्टराईले सामाजिक सञ्जाल मार्फत एक घण्टा भित्रै जवाफ फर्काएर ब्यंग्य गरेका छन् ।
‘आफ्नो ट्वीटर ह्याण्डल मार्फत भट्टराईले ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुुरा खाई पत्याउनु।।’ भनी व्यग्य गरेका छन् ।
भट्टराईले लेखेका छन्, प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारप्रति सॉच्चै शुन्यसहनशीलता हो भने बुढी गण्डकी,एनसेल,वाइडबडी,सुरक्षाप्रेस,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय र निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त ?
