असोज २९ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सल्लाहकार धन बहादुर मल्ल निडरको निधन भएको छ । बझागंको केदारस्यु गाउपालिका ४ सैन्सु निवासी निडरको ६७ बर्षको उमेरमा आज निधन भएको हो ।
निडरको निधनप्रति दुखः व्यक्त गर्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले एक शोक विज्ञप्ति जारी गरी पार्टी शोकमग्न भएको बताएका छन् ।
महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा निडरले बझागं सहित पश्चिम क्षेत्रको बर्ग संघर्षमा उच्च योगदान दिएको र अहिले पनि एकीकृत जनक्रान्तिलाई सहयोग पुर्याईरहेको स्मरण गर्दै श्रदाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline