विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीलाई डाक्टरले भर्ना लिन नमान्दा गेटमै गयो ज्यान

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीलाई डाक्टरले भर्ना लिन नमान्दा गेटमै गयो ज्यान

  • बिहिबार, अशोज २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

असोज २९ काठमाण्डौं । अत्याधिक बिरामीको चाप रहने धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको भर्ना र उपचारमा गंभीर लापरबाही एक पछि अर्को देखिदै गएका छन् ।
गत असोज ४ गते झापाकी पवित्रा देवी तिम्सिनालाई भर्ना नगरी तीन घण्टा भन्दा बढी समय एम्बुलेन्समै राखेका कारण ज्यान गएको घटना सेलाउन नपाउदै आज पुनः अर्को एक बिरामीलाई भर्ना लिन नमान्दा अस्पताल बाहिर ज्यान गएको छ ।
धरान–९ का ५८ वर्षिय पुरुषलाई प्रतिष्ठानले भर्ना लिन अस्वीकार गरेपछि प्रतिष्ठानको कोभिड अस्पताल बाहिर मृत्यु भएको आफन्तले बताएका छन् ।
पटक पटक संक्रमित पुरुषलाई भर्ना गर्न अनुरोध गर्दासमेत प्रतिष्ठानका चिकित्सकहरुले ती पुरुषलाई भर्ना नगरेको धरान– ९ का वडाअध्यक्ष रत्न कट्वालले जानकारी दिए ।
अस्पताल प्रशासन र चिकित्सकहरुले गैर जिम्मेवार तरिकाले विरामीहरु भर्ना लिन आनाकानी गर्ने, अस्वीकार गर्ने गरेर समयमै उपचार नपाउदा बिरामीको ज्यान जाने गरेको छ ।
प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी र केही पदाधीकारीले सरकारले दिएको करोडौं रुपैयामा अनियमितता गरेर भेन्टिलेटर र औषधीहरु कमसल प्रयोग गरेका कारण खेलवाड भएको भन्दै अख्तियारमा समेत उजुरी पछि छानविन गरीरहेको छ । उपकुलपति गिरी ओलीले नियुक्त गरे यता नै उनले गरेका निर्णयहरुको आलोचना हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ