असोज २९ काठमाण्डौं । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले कहिले पार्टी निर्णय विपरीत कदम चाल्ने, कहिले कर्णालीमा अविस्वासको प्रस्ताव दर्ता गराउने जस्ता कार्यबाट असन्तुष्ट बनेका प्रचण्ड तीन जना मन्त्री आफू निकटकालाई मात्रै नियुक्त गरे पछि थप चिढिएका छन् ।
पार्टी एकता गर्दाका प्रतिवद्धता विपरीत ओलीले एकलौटी निर्णय गर्दै गए पछि प्रचण्डले माधव नेपाल पक्षसगँ मिलेर ओलीको दुबै पदबाट राजीनामा मागे पछि असारदेखि पार्टी अनिर्णयको बन्दी बनेको थियो ।
तर भदौमा फेरी मन्त्रीमण्डल हेरफेर, पार्टी एकतालाई पूर्णता दिने जस्ता विषयमा सहमति भएको एक महिना वित्न नपाउदै ओलीले फेरी एकलौटी गर्न थाले पछि प्रचण्ड चिढिएका हुन् ।
स्रोतका अनुसार ओलीले हिजो साँझ नियुक्त गरेका तीन मन्त्री विष्णु पौडेलको विषयमा प्रचण्डले सहमति दिएको भए पनि अन्य मन्त्री कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठका बारेमा सहमति नभएको निकटका नेताहरुलाई बताएका छन् ।
ओलीले एक पछि अर्को पार्टी निर्णय विपरीत कदम चाल्दै गएको र मन्त्रीमण्डल हेरफेरमा पनि कुनै सहमति र म्यान्डेट विपरीत भएको भन्दै माधव नेपाल पक्ष पनि असन्तुष्ट बनेको छ ।
यसले नेकपा भित्र फेरी नयाँ विवाद सिर्जना हुने देखिएको छ ।
रक्षा मन्त्री ईश्वर पोखरेललाई समेत रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा सारिएको छ ।