काठमाडौँ असोज २८ । बुढीगण्डकी परियोजनामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अर्बौं कमिसन लिएको डा. बाबुराम भटटराईले लगाएको सार्वजनिक आरोपको नेकपाले खण्डन गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्ति जारी गरी भट्टराईको आरोप झुटो, कपोलकल्पित, आधारहीन र दुराशयपूर्ण भएको भन्दै भत्र्सना गरेका छन् ।
भट्टराईले गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकी परियोजनामा ओली, दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब घुस लिएको र आवस्यक परे प्रमाण दिने बताएका थिए ।
श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुहामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौं ।
यस अघि कााँग्रेसले पनि विज्ञप्ति जारी गरी देउवाले ९ अर्ब बाँडेर खाएको बिषयमा प्रमाण दिन चुनौती दिएको थियो ।